नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना पक्राउ « Khabarhub

नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना पक्राउ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ का ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक सानो सिरुबारी–२ ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–८ का ३८ वर्षीया राधेश्याम नगरकोटी र काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–१ का २७ वर्षीय रुपेन्द्र दर्जी रहेका छन् ।

उनीहरुको साथबाट यातायत ब्यबस्था विभागको नगदी रसिद ६० थान, कम्प्युटर, प्रिन्टर, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, पेन ड्राईभ, पि.भी. सि. पेपर, विभिन्न व्यक्तिहरुको नागरिकता, यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप समेत बरमाद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई उनीहरुलाई कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : १६ बजे

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक