ब्याइफ्रेन्डको अचानक मृत्यु भएपछि सञ्जय दत्तकी छोरी त्रिशाला भइन् भावुक « Khabarhub

ब्याइफ्रेन्डको अचानक मृत्यु भएपछि सञ्जय दत्तकी छोरी त्रिशाला भइन् भावुक


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तमाथि दुःखको पहाड खसेको छ । त्रिशालाको इटालियन ब्वाइफ्रेन्डको अचानक मृत्यु भएको छ ।

ब्याइफ्रेन्डको मृत्यु भएपछि त्रिशालाको मन टुटेको छ । उनले पीडा सुनाउँदै सामाजिक सञ्जालमा एक नोट लेखेकी छिन् ।

त्रिशालाले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै आफ्नो दिल टुटेको लेखेकी छिन् । ‘मेरो दिल टुट्यो, धन्यवाद मलाई माया गरेकोमा, मेरो सुरक्षा गरेकोमा, ख्याल राखेकोमा,’ उनले लेखेकी छिन् ।

त्रिशालाले आफ्ना ब्याइफ्रेन्डलले संसारको सबैभन्दा खुशी हुने व्यक्ति बनाएको र उनले आफू संसारकै भाग्यमानी युवती हुन पाएको लेखेकी छिन् । उनले भनेकी छिन्, ‘म संसारकी सबैभन्दा भाग्यमानी केटी हुँ, जो तिमीसँग भेट्न पाएँ, तिमी मेरो मनमा सधै रहनेछौँ, म तिमीलाई माया गर्छु र सधै गर्नेछु ।’

त्रिशालाको पोस्टका अनुसार उनले ब्याइफ्रेन्डको मृत्यु २ जुलाइमा भएको थियो । यद्यपि उनका ब्याइफ्रेन्डका बारेमा धेरै जानकारी भने बाहिर आएको छैन । त्रिशालाले सामाजिक सञ्जालमा आफ्ना ब्याइफ्रेन्डसँगका तस्वीरहरु शेयर गर्ने गर्थिन् ।

त्रिशाला सञ्जय दत्तकी पहिलो श्रीमती ऋचा शर्माकी छोरी हुन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ५ : ५५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार