सुडान घोटाला प्रकरणका दोषी पूर्व प्रहरी महानिरीक्षक ठकुरी जेल चलान | Khabarhub Khabarhub

सुडान घोटाला प्रकरणका दोषी पूर्व प्रहरी महानिरीक्षक ठकुरी जेल चलान


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्व (आईजीपी) रमेशचन्द ठकुरी जेल चलान भएका छन् ।

जेलबाहिरै बस्न पाउँ भन्दै निवेदन लिएर पुगेका ठकुरीलाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको हो । २०७४ सालमा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको १७ वैशाख २०७४ को इजलाशले पूर्व आइजी ठकुरीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा ठकुरीका अतिरिक्त प्रहरीका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देनसमेतलाई दोषी ठहर गरेको थियो ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत सुडानको डार्फरमा नेपाल प्रहरीबाट खटाइएको फर्मड् पुलिस युनिट (एफपीयू) का लागि आवश्यक पर्ने बख्तरबन्द गाडी (एपीसी), नाइट भिजन, मोबाइल हाउस, वाटर ट्रिटमेन्ट, वाटर ट्याङ्कर लगायतका समान खरिदमा अनियमितता भएको भन्दै अदालतले नेपाल प्रहरीका ३ जना पूर्व महानिरीक्षक, २ जना अतिरिक्त महानिरीक्षक तथा प्रहरीकै अन्य २ जना अधिकारीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देन यसअघि नै अदालतको फैसलाअनुसार जेल चलान भइसकेका थिए । १ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको सजाय पाएका ठकुरी भने हालसम्म फरार थिए ।

विशेष अदालतले ठकुरीविरुद्ध २ वर्ष कैद र विगोसमेत गरी ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पछि सर्वोच्च अदालतले भने विशेषको फैसला उल्ट्याउँदै १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : १३ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच