सुडान घोटाला प्रकरणका दोषी पूर्व प्रहरी महानिरीक्षक ठकुरी जेल चलान « Khabarhub

सुडान घोटाला प्रकरणका दोषी पूर्व प्रहरी महानिरीक्षक ठकुरी जेल चलान


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्व (आईजीपी) रमेशचन्द ठकुरी जेल चलान भएका छन् ।

जेलबाहिरै बस्न पाउँ भन्दै निवेदन लिएर पुगेका ठकुरीलाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको हो । २०७४ सालमा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको १७ वैशाख २०७४ को इजलाशले पूर्व आइजी ठकुरीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा ठकुरीका अतिरिक्त प्रहरीका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देनसमेतलाई दोषी ठहर गरेको थियो ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत सुडानको डार्फरमा नेपाल प्रहरीबाट खटाइएको फर्मड् पुलिस युनिट (एफपीयू) का लागि आवश्यक पर्ने बख्तरबन्द गाडी (एपीसी), नाइट भिजन, मोबाइल हाउस, वाटर ट्रिटमेन्ट, वाटर ट्याङ्कर लगायतका समान खरिदमा अनियमितता भएको भन्दै अदालतले नेपाल प्रहरीका ३ जना पूर्व महानिरीक्षक, २ जना अतिरिक्त महानिरीक्षक तथा प्रहरीकै अन्य २ जना अधिकारीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देन यसअघि नै अदालतको फैसलाअनुसार जेल चलान भइसकेका थिए । १ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको सजाय पाएका ठकुरी भने हालसम्म फरार थिए ।

विशेष अदालतले ठकुरीविरुद्ध २ वर्ष कैद र विगोसमेत गरी ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पछि सर्वोच्च अदालतले भने विशेषको फैसला उल्ट्याउँदै १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : १३ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर