अचम्म ! एक बोतल पानीकै पर्छ १ करोड « Khabarhub

अचम्म ! एक बोतल पानीकै पर्छ १ करोड


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ पानी जिन्दगानी । हुन पनि संसारका सवै जीवलाई बाँच्नका लागि पानी आवश्यक पर्छ । संसारमा पानीका विषयमा अनेकौं अनुसन्धानहरु भएका छन् । मानिसको दैनिक जीवनमा पानीको नभइ नहुने पदार्थ हो ।

यही पानी एक बोतलको एक करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर नपत्याएर सुखै छैन । अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड रुपैयाँ पर्छ । तर, करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो भने छैन । पानी किन्नका लागि पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ । त्यसपछि बल्ल कम्पनिले पानी उत्पादन गर्छ । र क्रेतालाई उपलब्ध गराउँछ ।

यो पानी खानका लागि भने होइन, लक्जरी कलेक्सनका लागि हो । यो पानीको बोतलको बिर्को नै सुनबाट बनाइएको हुन्छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हिरा जडित गरिन्छ । हरेक बोतलका लागि छुट्टा–छुट्टै खोल बनाइएको हुन्छ । यो बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स (ढण्ज्द्दइ) राखिएको छ ।

यो पानी कम्पनीको प्रधान कार्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले एकदमै अग्लो झरनाबाट पानी संकलन गरेर तयार पार्ने गर्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ६ : ३९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६