स्वतन्त्रता दिवसका दिन अमेरिकामा सैनिक परेड ! « Khabarhub

स्वतन्त्रता दिवसका दिन अमेरिकामा सैनिक परेड !


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको इतिहासमै पहिलो पटक स्वतन्त्रता दिवसका दिन बिहीबार सैन्य परेडको आयोजना हुँदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहना अनुसार स्वतन्त्रता दिवसका दिन जुलाई ४ मा राजधानी वाशिंटन डीसीको लिंकन स्मारकमा परेडको आयोजना हुन लागेको हो । परेडलाई ‘सल्यूट टु अमेरिका’ नाम दिइएको छ ।

फ्रान्समा केही वर्षअघि भएको बस्टाइल डे परेडमा सहभागी भएका ट्रम्पले त्यसबेला देखि नै अमेरिकामा पनि सैनिक परेड आयोजना गर्ने चाहना राखेको थिए । सोही अनुसार यसवर्षको जुलाई ४ का दिन सैनिक परेड आयोजना हुन लागेको हो ।

स्थानीय समयअनुसार बिहीबार ३ बजे देखि दर्शकका लागि परेड खुला हुने जनाइएको छ । परेड हेर्न चाहने हरेकलाई निशुल्क व्यवस्था भएपनि ट्रम्प नजिकका केहीलाई भने विशेष अतिथीको निम्तो दिइएको छ । राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार बिहीबार बेलुकी साढे ६ बजे लिंकन स्मारकबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमलाई फक्स न्यूज र सी स्पानलगायतका केही अमेरिकी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् । यद्यपि अमेरिकाको अर्को प्रभावशाली टेलिभिजन एमएसएनबीसीले भने उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नगर्ने जनाएको छ । त्यस्तै, सीएनएनले पनि परेडको प्रत्यक्ष प्रसारण गर्ने नगर्नेबारे निर्णय नगरिसकेको जनाएको छ ।

परेडमा लडाकु विमान, सैनिक तथा सानो सङ्ख्यामा ट्यांकको सहभागिता रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । परेडमा सैन्य कौशल, सङ्गीत, हवाई शौकल प्रदर्शन हुने जनाइएको छ । यसअघि राष्ट्रपति ट्रम्पले परेडमा अत्याधुनिक शेर्मन ट्यांकको सहभागिता रहने जनाएका थिए । तर सन् १९५० यता शेर्मन ट्यांकको उत्पादन बन्द भएकाले उनले कस्तो किसिमको शेर्मन ट्यांकको कुरा गरेका हुन् भन्नेबारे स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, वाशिंटन डीसीको शहर परिषद्ले भने निकै गह्रौं ट्यांकका कारण स्थानीय पूर्वाधारमा क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यद्यपि शहर प्रशासनले ट्रम्पको परेडलाई रोक्न सक्ने सम्भावना भने नरहेको बताइएको छ ।

आलोचक र विपक्षीहरुले भने ट्रम्पले आयोजना गर्न लागेको परेडलाई प्रोपागाण्डा र उपलब्धीहीन कामको संज्ञा दिएका छन् । उनीहरुले सैन्यकरणलाई महत्व दिने काम अमेरिकी मान्यताविपरीत रहेको भन्दै आलोचना गरेका हुन् । त्यस्तै, उनीहरुले यो परेडलाई ट्रम्पले राजनीतिक फाइदाका लागि उपयोग गर्नसक्ने भन्दै विरोध समेत गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ५२ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल