आइफाको प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएनः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

आइफाको प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएनः मन्त्री बाँस्कोटा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताएका हुन् ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका विषयमा छलफल गर्नका लागि सैद्धान्तिक स्वीकृति मात्र दिएको उल्लेख गरे ।

उनले भने, ‘आइफाबारे नेपाललाई लाभ हुन्छ, भने छलफल गर्नका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । कुन विधि र प्रक्रियाबाट टुङ्गोमा पुग्ने भन्ने बाँकी नै थियो । यो एउटा ‘इभेन्ट विजनेश’को प्रश्न हो । त्यसमा सरकारले यति नै पैसा दिने भनेको थिएन, त्यसको फाइदा, घाटाका आधारमा निर्णय गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएन ।’

उनले आइफाका लागि सरकारले पैसा दिने नभई सुरक्षा दिने मात्र भनेको उल्लेख गर्दै संसदीय समितिले दिने निर्णय निर्देशन विषय वस्तुको गहिराइमा पुगेर लिनुपर्ने धारणा राखे । सरकार एकपछि अर्को निर्णय गर्दै पछि हट्दै गइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सम्पूर्ण विषयको निरुपण गर्नै संवैधानिक र कानून निर्माण गर्ने थलो संसद् भएकाले उसको निर्णयलाई सरकारलगायत सबैले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ३० बजे

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब