बोलबम यात्री काठमाडौं : को-को कहाँबाट आए? | Khabarhub Khabarhub

बोलबम यात्री काठमाडौं : को-को कहाँबाट आए?


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथमा जल चढाउने गरी नेपालका विभिन्न स्थान र भारतबाट समेत बोलबम यात्री काठमाडौँ आइपुगेका छन् । बोलबम यात्रीहरू तेस्रो सोमबार मात्रै पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् ।

यी यात्री कालिमाटी बल्खु कोटेश्वरलगायतका तरकारी भण्डारण (सब्जीमण्डी) लज र धर्मशालामा बसेका छन् । यो दिनका लागि बोलबम काँवरिया सङ्घ, ओम् बोलबम काँवरिया सङ्घ र भोलेनाथ बोलबम सङ्घले आआफ्नै तवरबाट बोलबम यात्रा आयोजना गरेका छन् ।

काठमाडौँमा एकथरी बोलबम यात्रीले शनिबार सुन्दरीजलबाट मखन महादेवमा जल ल्याई चढाएर यात्रा मनाएका छन् । आशापुरी महादेव, डोलेश्वर सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा पनि स्थानीय जनस्तरबाटै बोलबम यात्रा भइरहेको छ ।

सुन्दरीजलबाट पैदलयात्रा गर्दै जल ल्याएर पशुपतिनाथमा अर्पण गर्ने बोलबम यात्राका लागि भारतको विहार र मुजफरपुरबाट भोजपुरी गीतका विख्यात कलाकारसहितको एक टोली पनि यहाँ आइपुगेको छ ।

ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा) का अनुसार बन्टीसिंह बबलाको अगुवाइमा भोजपुरी गायकको आगमन भएको छ । यस्तै, बोलबम सङ्घका अध्यक्ष रामआज्ञा शाह प्रसिद्ध गायक धड्कनधरन गोरखपुरबाट २५ जना सङ्गीतज्ञका साथ भजन सुनाउन यहाँ आएका हुन् । आइतबार सुन्दरीजलको ओख्रेनी माध्यमिक विद्यालय प्राङ्गणमा भजन प्रस्तुत गरिने छ ।

भारत वर्षमा त्रेतायुगमा श्रवणकुमारले दृष्टिविहीन बुबाआमालाई काँवरमा राखेर तीर्थयात्रा गर्दा गङ्गाजल बोकेर हरिद्वारमा जल अर्पण गरेको घटनालाई नै पहिलो काँवर यात्रा मानिँदै आएको ओम् बोलबम सङ्घका पदाधिकारी रामनन्दन ठाकुर बताउँछन् ।

भारत झारखण्डमा रहेको बाबा वैद्यनाथधाममा सुइया र अमुखा दुई विशाल पहाड पार गर्दै गरिने बोलबम यात्रालाई मुख्य यात्रा मानिँदै आएको भए पनि २० वर्षयता पशुपतिनाथमा पनि बोलबम यात्रा गर्दै जल अर्पण गर्ने गरिँदै आएको छ ।

अध्यक्ष सुनिल ठाकुरका अनुसार, सुरुमा चाबहिलका छोटुलाल शाहले यो यात्रा पशुपतिनाथमा चलाएका हुन् । ओम् बोलबोलमको यात्रा भने १९ वर्ष पुगेको छ । शनिबार ओम् बोलबमले सयौँ यात्रीको सहभागितामा धार्मिक र्‍याली गरेको छ । चावहिल–कोटेश्वर हुँदै कालिमाटी बल्खुलगायत क्षेत्रमा र्‍याली भएको छ ।
सुन्दरीजलदेखि पशुपतिनाथसम्मको २१ किलोमिटर पैदलयात्रा हुने तयारी गरेका छ । बोलबम सङ्घबाट एक लाखभन्दा बढी यात्रीले यात्रामा छुट्टै सहभागिता जनाउँदैछन् । यसो भए पनि यात्रा र भजन गायनमा सबै आयोजकको सुन्दरीजलमै भेटघाट हुनेछ ।

पशुपति क्षेत्र विकास कोषले बोलबम यात्रीका लागि पशुपतिनाथ मन्दिर प्रवेशका लागि छुट्टै मार्ग निर्धारण गरेको छ । यात्रीलाई जल अर्पण गर्न लाममा बस्नुपर्दैन, कार्यकारी निर्देशक रमेश उप्रेती भन्नुहुन्छ । सुन्तला रङ्गको भेषमा काँधमा बाँसको काँवर बोकेर काँवरका दुवै छेउमा जलघडासहित बोलबम नाराका साथ देखापर्ने यो यात्रा मनमोहक मानिन्छ । साउनको तेस्रो सोमबार २० गते परेको छ ।

पशुपतिनाथ, महोत्तरीको जलेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डँडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा, रुपन्देहीको मनौरी महादेव लगायतका मुलुकका सबै शिवालयमा चन्दन बेलपत्र पञ्चामृतसहित पूजाअर्चना गरिन्छ । राजा रणबहादुर शाहको मृत्युमा प्रायश्चित गरी बनाइएको काठमाडौँको रणमुक्तेश्वर, भीमसेन थापाको भीममुक्तेश्वर लगायतका शिवालयमा पनि पुजारीले अर्चना गरिरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ०८ बजे

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा