दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ « Khabarhub

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

“हामी केही हप्तामा भेट्नेछौँ,” फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’सँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य व्यक्तिसँग पनि भेट्ने कार्यक्रम तय गरेका छौँ ।

उनले भने, “राष्ट्रपति सीसँग हाम्रो छुट्टै बैठक छ ।” एपेक शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चिनिने चीनसँगको व्यापार युद्धमा जोखिम बढेपछि ट्रम्पले बैठक रद्द गर्ने चेतावनी दिएका थिए । उनले दुर्लभ खनिजहरूमा नयाँ चिनियाँ निर्यात प्रतिबन्धको ‘असाधारण आक्रामक’ जवाफमा करवृद्धिको चेतावनी जारी गरेका थिए ।

त्यसपछि ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमा भने, “अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, उसलाई चोट पुर्याउन चाहन्न !” गत जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताबीचको यो पहिलो भेट हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : ४७ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह