जनकपुरमा गोली चल्यो « Khabarhub

जनकपुरमा गोली चल्यो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर भएको छ।

बिलबिजकबिना सुनचाँदी खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले सो क्षेत्रका केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले अवरोध गरेपछि परिस्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको प्रहरीका डीएसपी गणेश बमले जानकारी दिए।

उनका अनुसार अवैध रूपमा सञ्चालित सुनचाँदी कारोबारको निगरानी गर्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोधपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका थिए।

घटनापछि प्रहरीले केही पसलबाट चाँदी बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : १७ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना