३ दिन भारी वर्षाको सम्भावना « Khabarhub

३ दिन भारी वर्षाको सम्भावना


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । आइतबार बिहानै काठमाडौंका विभिन्न भागमा पानी परेको छ भने अन्य ठाउँमा पनि वर्षाको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले बताए । अर्यालका अनुसार शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपास बिहानैदेखि हल्का वर्षा भएको थियो ।

त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ । देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताए ।

वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उनका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ । तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना छ ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान सूचना

साउन १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाहुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २० गते (सोमबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २१ गते (मंगलबार )

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : १७ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल