बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो « Khabarhub

बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युएई (दुबई)बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैटौं पत्नी हायाको एक तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरमा उनी भाई प्रिन्स अलिको साथमा देखिन्छिन् ।

उक्त तस्विरबाट हयालाई उनका भाइले पूर्ण रुपमा साथ दिइरहेको प्रष्ट हुन्छ । सो तस्विरमा उनका भाइ प्रिन्स अलीले नै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । हाया बिन्त अल हुसेनले लन्डनस्थित उच्च अदालतमा आफ्ना बालबालिका र आफ्नो जीवन रक्षा गर्न माग गर्दै मख्तुमको विरुद्धमा रिट समेत दायर गरेकी छिन् ।

४५ वर्षीया हाया र उनका भाइ जोर्डनका राजकुमारसँग बसेको तस्बिर सार्वजनिक भएको हो ।तस्वीरमा हायाका भाईले उनलाई अँगालो मारेको देखिन्छ । हयाको कपडामा जोर्डनको झण्डाजस्तो लोगो समेत देख्न सकिन्छ ।

यो तस्बिर उनका भाई प्रिन्स अलीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । पति मख्तुमबाट छुट्टिएपछि आफ्नो जीवन बचाउन लण्डनमा दुई बच्चाहरुको साथ लुक्नुपरेको रानी हायाले दाबी गर्दै आएकी छिन् ।

हाया र अली जोर्डनका राजा हुसेनका छोराछोरी हुन् । हुसेनपछि १९९९ मा अब्दुल्लाह दृतियले त्यहाँको सिंहासन सम्हालेका थिए । हालसालै राजा अब्दुल्लाहले दुई पटक युएइको भ्रमण समेत गरेका छन् ।

शासक मोहम्मदले अदालतसँग पत्नीसहित बच्चाहरुलाई युइए पठाउन माग गरेका छन् । ७० वर्षीय शेख मोहम्मदको हायासँग सन् २००४ मा विवाह भएको थियो । युएइका भाइस प्रेसिडेन्ट समेत रहेका उनका ६ वटी पत्नी रहेका छन् । ६ वटी पत्नीहरुमध्ये हाया छैटौं पत्नी हुन् ।

उनका ६ वटा पत्नीका २० वटा छोराछोरी रहेका छन् । हायाको जन्म जोर्डनकी दिवंगत रानी आलियाको कोखबाट भएको थियो । रानी अलियाको हेलिकोप्टरर दुर्घटमा परेर निधन भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ९ : ०० बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०