बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो | Khabarhub Khabarhub

बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युएई (दुबई)बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैटौं पत्नी हायाको एक तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरमा उनी भाई प्रिन्स अलिको साथमा देखिन्छिन् ।

उक्त तस्विरबाट हयालाई उनका भाइले पूर्ण रुपमा साथ दिइरहेको प्रष्ट हुन्छ । सो तस्विरमा उनका भाइ प्रिन्स अलीले नै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । हाया बिन्त अल हुसेनले लन्डनस्थित उच्च अदालतमा आफ्ना बालबालिका र आफ्नो जीवन रक्षा गर्न माग गर्दै मख्तुमको विरुद्धमा रिट समेत दायर गरेकी छिन् ।

४५ वर्षीया हाया र उनका भाइ जोर्डनका राजकुमारसँग बसेको तस्बिर सार्वजनिक भएको हो ।तस्वीरमा हायाका भाईले उनलाई अँगालो मारेको देखिन्छ । हयाको कपडामा जोर्डनको झण्डाजस्तो लोगो समेत देख्न सकिन्छ ।

यो तस्बिर उनका भाई प्रिन्स अलीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । पति मख्तुमबाट छुट्टिएपछि आफ्नो जीवन बचाउन लण्डनमा दुई बच्चाहरुको साथ लुक्नुपरेको रानी हायाले दाबी गर्दै आएकी छिन् ।

हाया र अली जोर्डनका राजा हुसेनका छोराछोरी हुन् । हुसेनपछि १९९९ मा अब्दुल्लाह दृतियले त्यहाँको सिंहासन सम्हालेका थिए । हालसालै राजा अब्दुल्लाहले दुई पटक युएइको भ्रमण समेत गरेका छन् ।

शासक मोहम्मदले अदालतसँग पत्नीसहित बच्चाहरुलाई युइए पठाउन माग गरेका छन् । ७० वर्षीय शेख मोहम्मदको हायासँग सन् २००४ मा विवाह भएको थियो । युएइका भाइस प्रेसिडेन्ट समेत रहेका उनका ६ वटी पत्नी रहेका छन् । ६ वटी पत्नीहरुमध्ये हाया छैटौं पत्नी हुन् ।

उनका ६ वटा पत्नीका २० वटा छोराछोरी रहेका छन् । हायाको जन्म जोर्डनकी दिवंगत रानी आलियाको कोखबाट भएको थियो । रानी अलियाको हेलिकोप्टरर दुर्घटमा परेर निधन भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ९ : ०० बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी