हतियारसहित लुटेरा पक्राउ « Khabarhub

हतियारसहित लुटेरा पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– हतियाारसहित लुटपाट मच्चाउँने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हतियारसहित रहेका उनीहरुलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.३ स्यालखोला भन्ने स्थानमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । प्रक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका १ कौशिलानगरका गोरे थापा मगर र दैलेख दुल्लु नगरपालिका वडा नं.१३ लम्स बस्ने बर्ष ३४ का खड्कबहादुर बिक छन ।

उनीहरुको साथबाट कटुवा पेस्तोल जस्तो देखिने सानो हतियार थान एक र भरुवा बन्दुकलाई मिडियम साईजको कटुवा पेस्तोल बनाएको नाल एक बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

जिल्लाको चौरजहारी नगरपालिकाको वडा एरियामा केही दिन यता अबैध हात हातियार सहितको समुह सक्रिय रहेको सुनेपछि प्रहरीले निगरानी बढाएको थियो । यो समुहले डोल्पा, जाजरकोट र रुकुम पश्चीमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीको लागी आउने जाने ब्यापारी लगायत स्थानीय व्यक्तिलाई हातहतियार देखाई बिभिन्न डर धम्की दिई चन्दा तथा फिरौती र लुटपात गर्दै अशान्ति फैलाई त्रास मच्याउदै आएपछि प्रहरी एक्सनमा उत्रिएको हो ।

प्रहरीले पाएको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । गस्तीका क्रममा शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा भाग्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ९ : ०७ बजे

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी