शौच गर्नेले पैसा नदिएपछि ग्यारेजमा थन्किए घुम्ती शौचालय | Khabarhub Khabarhub

शौच गर्नेले पैसा नदिएपछि ग्यारेजमा थन्किए घुम्ती शौचालय


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले  ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् ।

करीब ३ महीनासम्म चोक–चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु नै नआएको भन्दै ती शौचालय जिल्ला समन्वय समिति, बाँकेको सवारी पार्किङ (ग्यारेज)मा थन्क्याइएको छ । खुला शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले चार वटा घुम्ती शौचालय त्रिभुवनचोक, धम्बोझीचोक, विपीचोक, पुष्पलालचोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो ।

ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपर्थ्यो । तर शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैँले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् । सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका छन् । उपयोग हुने/नहुने अवस्थाका बारेमा अध्ययन नै नगरेर खरीद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि स्थानीयवासीले गुनासो गरेका छन् ।

बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरीद गरेको थियो । “चोकमा मानिस शौच गर्न नपाएर पैदलयात्री शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु राम्रो नभएको नेपालगञ्ज–१ धम्बोझीका मनिराम शर्माले बताए ।

सञ्चालनमा ल्याइएका शौचालयबाट सङ्कलित मलमूत्रलाई प्राङ्गरिक मल बनाएर प्रयोग गर्ने उपमहानगरपालिकाको योजना बीचमै अलपत्र परेको छ । उपमहानगरले तीन महीनाका लागि शौचालय सञ्चालन गर्न रु ७० हजारमा सरसफाइकर्मी भानु भट्टलाई जिम्मेवारी दिएको थियो । सञ्चालन खर्चका लागि ग्राहकसँग पिसाब गरेवापत ५ र दिसा गरेवापत १० रुपैयाँ शुल्क लिइँदै आए पनि ग्राहकले पैसा तिर्न नमान्दा शौचालय बन्द गर्नुपरेको भट्टले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ३६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम