सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनु पर्छ– अर्थमन्त्री « Khabarhub

सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनु पर्छ– अर्थमन्त्री


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने उनको भनाइ थियो ।

आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि दोहोर्‍याए ।

‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस्’, अर्थमन्त्री खतिवडाको भनाइ थियो, ‘ र स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस् ।’

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको स्पष्ट पारे । उनले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ०५ बजे

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा- झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू