विराज भट्टको ‘साङ्लो’ कार्तिक १५ मा « Khabarhub

विराज भट्टको ‘साङ्लो’ कार्तिक १५ मा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माणको औपचारिक घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘साङ्लो’ ले रिलिज मिति तय गरेको छ । विराज भट्ट र निकिता चण्डक स्टारर यो फिल्म आउँदो कार्तिक १५ गतेदेखि प्रदर्शन हुने भएको हो ।

निर्माण टिमका अनुसार फिल्म तिहार तथा छठ पर्वको अवसर पारेर रिलिज हुनेछ । चलचित्रको निर्देशन विराज भट्टले नै गरेका हुन् । विराजको कमब्याक भनिएको यो फिल्ममा लभस्टोरी र एक्सन प्याक हुने छ । फिल्ममा निकिता चण्डक विराजको अपोजिटमा देखिनेछिन् ।

निकिताले फिल्मको कथावस्तु मन परेकाले अभिनयका लागि राजी भएको बताएकी थिइन् ।

यस्तै फिल्ममा शिवम् अधिकारीको स्किृप्ट छ । विराजले‍ यो फिल्मका लागि झण्डै १ वर्षदेखि तयारी गरेका थिए ।

चलचित्रमा कथा हालको समाज हेरेर त्यही अनुसार तयार पारेको निर्माण टिमले जनाएको छ । यो फिल्मको ‌औपचारिक घोषणा बैशाखमा गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ३ : ४६ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर