विमानमा यात्रा गरिरहँदा पूर्वमन्त्रीलाई विष्टलाई हृदयाघात, विमान आकस्मिक अवतरण | Khabarhub Khabarhub

विमानमा यात्रा गरिरहँदा पूर्वमन्त्रीलाई विष्टलाई हृदयाघात, विमान आकस्मिक अवतरण


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री तत्पबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएपछि भैरहवा विमानस्थलमा विमान आकस्मिक अवतरण गरिएको छ ।
पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको उडानमार्फत नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि सो बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा अपरान्ह आकस्मिक अवतरण गरिएको हो । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य जाँचपछि अवस्था सुधारउन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको भइरहेको छ। चिकित्सकहरूले स्वास्थ्य जाँचपछि उनलाई पहिला गरेको अप्रेशनको साइड इफेक्ट देखिएको बताएका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी विष्ट शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ६ : ४४ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा