सदनको अवरोध खुलाउन सभामुख प्रयासरत « Khabarhub

सदनको अवरोध खुलाउन सभामुख प्रयासरत


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुखज्यूले आइतबार दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्ष राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण, सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गरेका हुन् ।

उनले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न आग्रह गरेका थिए । छलफल सकारात्मक भएको र सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा व्यक्त गरे ।

प्रतिनिधि सभाको बैठक भोलि -सोमबार_ बिहान ११ बजे बोलाइएको छ । १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार १६ गते बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : २१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको