सम्पन्न आयोजनाको रकम व्याजसहित भुक्तानी गर्न निर्माण व्यवसायीको माग « Khabarhub

सम्पन्न आयोजनाको रकम व्याजसहित भुक्तानी गर्न निर्माण व्यवसायीको माग


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायीहरुले चालु तथा सम्पन्न भएका आयोजनाको लामो समयदेखि भुक्तानी हुन बाँकी रकमको कानुन बमोजिम व्याज सहित तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरी रोकिएको भुक्तानीको व्याज पनि उपलब्ध गराउनुपर्ने माग गरेको हो । त्यसैगरी महासंघले ५ करोड सम्मको निर्माण कार्यको बिना योग्यता भाग लिन पाउनुपर्ने , उपभोक्ता समिति र लाभग्राही समुदाय मार्फत गरिने निर्माण कार्यको १ करोड खारेज गरी १५ प्रतिशत भन्दा बढी घटी गएको रकमको ५० प्रतिशत थप धरौटी राख्नुपर्ने प्रावधान हटाउनुपर्ने माग गरेको छ ।

महासंघले पुराना परियोजनाहरुको डिजेलमा मुल्य अभिवृद्धि करको सुविधा पाउनुपर्ने र मजुदुरहरुका लागि अनिवार्य गरिएको प्यानमा दर्ता हुने व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले पुनरावेदन गर्न जम्मा गर्नुपर्ने रकमलाई शून्य दशमलव एक शून्य प्रतिशतबाट बढाई एक प्रतिशत पु¥याउँदा पुनरावलोकन गर्न प्रतिकूल हुने भन्दै धरौटीको अंकलाई यथावत राख्न माग गरे ।

महासंघले निर्माण सम्बन्धी कमि कमजोरी र त्रुटी भएमा अपराध संहिता अनुसार नभई सार्वजनिक खरिद ऐन अनुसार कारवाही चलाउने व्यवस्था मिलाउन पनि माग गरेको छ । अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु उद्योगी भएको भन्दै अपराधी अनुसार दण्डसँजायको व्यवस्था गर्न नमिल्ने तर्क गरे ।

आफूहरुले उठाउदै आएका केही माग सम्बोधन भएको भन्दै महासंघले सरकारले लागु गरेको सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को स्वागत पनि गरेको छ । सरकारले यही साउन १६ गते आठौं संशोधन नियमावली नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।

सार्वजनिक खरिदको आठौं संशोधनले रुग्ण परियोजनाहरुको हकमा प्राविधिक प्रतिवेदनको आधारमा एक पटकको लागि म्याद थप गर्ने व्यवस्थालाई व्यवसायीले स्वागत गरेका हुन् । त्यसैगरी बिड क्यापासिटी र स्वदेशी निर्माण व्यवसायीका लागि १ अर्बको सिलिङ सम्बन्धी व्यवस्थालाई पनि महासंघले सकारात्मक लिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ०८ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले