सम्पन्न आयोजनाको रकम व्याजसहित भुक्तानी गर्न निर्माण व्यवसायीको माग | Khabarhub Khabarhub

सम्पन्न आयोजनाको रकम व्याजसहित भुक्तानी गर्न निर्माण व्यवसायीको माग


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायीहरुले चालु तथा सम्पन्न भएका आयोजनाको लामो समयदेखि भुक्तानी हुन बाँकी रकमको कानुन बमोजिम व्याज सहित तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरी रोकिएको भुक्तानीको व्याज पनि उपलब्ध गराउनुपर्ने माग गरेको हो । त्यसैगरी महासंघले ५ करोड सम्मको निर्माण कार्यको बिना योग्यता भाग लिन पाउनुपर्ने , उपभोक्ता समिति र लाभग्राही समुदाय मार्फत गरिने निर्माण कार्यको १ करोड खारेज गरी १५ प्रतिशत भन्दा बढी घटी गएको रकमको ५० प्रतिशत थप धरौटी राख्नुपर्ने प्रावधान हटाउनुपर्ने माग गरेको छ ।

महासंघले पुराना परियोजनाहरुको डिजेलमा मुल्य अभिवृद्धि करको सुविधा पाउनुपर्ने र मजुदुरहरुका लागि अनिवार्य गरिएको प्यानमा दर्ता हुने व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले पुनरावेदन गर्न जम्मा गर्नुपर्ने रकमलाई शून्य दशमलव एक शून्य प्रतिशतबाट बढाई एक प्रतिशत पु¥याउँदा पुनरावलोकन गर्न प्रतिकूल हुने भन्दै धरौटीको अंकलाई यथावत राख्न माग गरे ।

महासंघले निर्माण सम्बन्धी कमि कमजोरी र त्रुटी भएमा अपराध संहिता अनुसार नभई सार्वजनिक खरिद ऐन अनुसार कारवाही चलाउने व्यवस्था मिलाउन पनि माग गरेको छ । अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु उद्योगी भएको भन्दै अपराधी अनुसार दण्डसँजायको व्यवस्था गर्न नमिल्ने तर्क गरे ।

आफूहरुले उठाउदै आएका केही माग सम्बोधन भएको भन्दै महासंघले सरकारले लागु गरेको सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को स्वागत पनि गरेको छ । सरकारले यही साउन १६ गते आठौं संशोधन नियमावली नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।

सार्वजनिक खरिदको आठौं संशोधनले रुग्ण परियोजनाहरुको हकमा प्राविधिक प्रतिवेदनको आधारमा एक पटकको लागि म्याद थप गर्ने व्यवस्थालाई व्यवसायीले स्वागत गरेका हुन् । त्यसैगरी बिड क्यापासिटी र स्वदेशी निर्माण व्यवसायीका लागि १ अर्बको सिलिङ सम्बन्धी व्यवस्थालाई पनि महासंघले सकारात्मक लिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ०८ बजे

‘वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ’

काभ्रेपलाञ्चोक– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक

दोहामा प्रधानमन्त्री ओलीसहितको टोली

दोहा- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त

४९ कम्पनीका मालिक केदारनाथ, जसले शिवशिखर डुबाएर तुलसी सहकारी खोले

काठमाडौं–तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहकारीको रकम हिनामिना

धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन

काठमाडौं– सहकारी संस्थाको छनबिन गर्न बनेको संसदीय छनबिन विशेष समितिले