फिलिपिन्समा तीनवटा फेरी दुर्घटना, ३१ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा तीनवटा फेरी दुर्घटना, ३१ जनाको मृत्यु


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा तीनवटा फेरी दुर्घटना हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । मध्य फिलिपिन्सको इलोइलो र गुएइरमास क्षेत्रको बीचमा रहेको जलक्षेत्रमा मोटरजडित तीनवटा फेरी दुर्घटनामा परेका हुन् ।

खरब मौसमका कारण ती फेरीहरु दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनामा हराइरहेका अरु ३ जनाको खोजीकार्य जारी छ ।

दुई फेरीमा ९६ जना यात्री सवार थिए । तेस्रो फेरीमा भने यात्रुविहीन रहेको बताइएको छ ।

बाँकी यात्रुलाई भने उद्धार गरिएको फिलिपिन्सको तटरक्षक निकायले जनाएको छ ।

७ हजार १ सयभन्दा धेरै टापु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष यस्ता दुर्घटनामा हजारौंले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : १२ बजे

जंगली जनावरको मासु र अवैध हतियारसहित एक जना पक्राउ

बर्दिया – बर्दियाबाट प्रहरीले जंगली जनावरको मासु र अवैध हातहतियार

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौँ- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना आज

कांग्रेस नेता विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका

बैतडीमा युवतीको घाँटी रेटी हत्या

काठमाडौँ- बैतडीमा एक युवतीको घाँटी रेटी हत्या भएको छ ।

राजेन्द्र लिङ्देनद्वारा एकैदिन तीनवटा पुलको शिलान्यास

काठमाडौँ- नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले झापामा आज एकैदिन तीनवटा पुलको