वैशाखमा खुल्दै तातोपानी नाका, काम कहाँ पुग्यो ? (फोटो फिचर) « Khabarhub

वैशाखमा खुल्दै तातोपानी नाका, काम कहाँ पुग्यो ? (फोटो फिचर)


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-  २०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका वैशाख दोस्रो सातापछि सञ्चालनमा ल्याइने तयारी थालिएको छ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा ल्याउन गरी काम अगाडि बढाइएको हो ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालनमा ल्याउने गरी भूकम्पबाट क्षति भएका भौतिक संरचना पुनःनिर्माणको काम भइरहेको निर्माणको जिम्मेवारी पाएको चिनियाँ एससिआरसी कन्टक्सन कम्पनीले बताएको छ ।

उत्तरी चीन जोड्ने परम्परागत नेपालसँग जोडिएको तातोपानी नाका बन्द भएको करिव ४ वर्ष पुग्न लाग्यो । गत २०७२ वैशाख १२ को भूकम्पपछि नाका सञ्चालनमा आएको छैन । भूकम्प गएका एक वर्षपछि २०७३ असार २२ गते भोटेकोशी नदीमा आएको बाढीले तिब्बत र तातोपानी नाकासम्मै ठूलो भौतिक क्षति पु¥याएको थियो । जसका कारण पनि तातोपानी नाका पुनर्निर्माणको काम थप पछि धकेलिएको हो ।

भूकम्पपछि चीन प्रवेशको मितेरी पुल पूर्णरुपमा बन्द छ । उक्त पुल निर्माणको काम भइरहेको छ । वैशाखको पहिलो सातासम्म पूर्वाधार निर्माणको काम सम्पन्न हुने र वैशाख दोस्रो सातापछि सम्भवतः संचालनमा आउने निर्माण स्थलमा भेटिएका एससीआरसी कम्पनीका सडक सहयोगी पिचुगं लिले बताए ।

सडक विभाग अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधार निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सरकारले सडक विभागलाई थप दबाब दिएको छ ।

त्यसो त गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा तातोपानी नाका खोल्ने र पुल निर्माण गर्ने विषयमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका थिए । यस्तै, रसुवागढीको मितेरी पुलसमेत चीन सरकारले नै निर्माण गरिदिने सम्झौता भएको थियो । सम्झौता भएपनि काम समयमा नसकिएका कारण तातोपानी नाका हालसम्म बन्द अवस्थामै छ ।

नाका बन्द हुदाँ धेरैको रोजगारी गुम्यो

तातोपानी भन्सार नाका करिव ४ वर्षदेखि बन्द हुँदा उक्त क्षेत्रमा निर्भर भएर काम गर्दै आएका धेरै व्यक्तिको रोजगारी गुमेको छ । नाका सञ्चालनमा रहँदा ६ हजार बढी मानिसहरु त्यस क्षेत्रका विभिन्न काममा संलग्न हुँदै आएको स्थानीय बताउँछन् । अहिले नाका बन्द भएपछि अहिले उनीहरुको रोजगारी मात्रै गुमेको छैन, स्थानीय उत्पादनले समेत बजार पाउन छाडेको छ ।

नाका बन्द हुँदा मुलुकले ठूलो परिमाणको राजश्व गुमाउनुका साथै नाका क्षेत्रका व्यापारी तथा व्यवसायीसमेत पलायन भएको स्थानीय व्यापारी लाक्पा शेर्पाले बताए । तातोपानी नाका बन्द हुँदा खासा क्षेत्र सुनशान जस्तै बनेको छ । तिब्बती क्षेत्रलाई सुरक्षाकर्मीले सुरक्षा दिइरहे पनि बसोवास र आवात जावतमा भने रोक छ ।

उनले भने, ‘तातोपानी नाका खुल्ने आशै आशमा स्थानीय व्यापारी विस्तापित हुदाँ नाका सुनशान भएका छ । नाका बन्द भएपछि धेरै युवा बेरोजगार भएर विदेशी पलायन भएका छन् ।’ तातोपानी नाका शुचारु भएको अवस्थामा झैण्डै वार्षिक २० अर्बको सामान आयात हुने गर्दथ्यो भने त्यस वापत राज्यले मात्रै वार्षिक २ अर्ब रुपैयाँ राजश्व संकलन गर्दै आएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ३ : ०० बजे

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२