गेष्टहाउनको तेस्रो तलाबाट सोनामलाई फाल्ने मध्येका तीन जना पक्राउ « Khabarhub

गेष्टहाउनको तेस्रो तलाबाट सोनामलाई फाल्ने मध्येका तीन जना पक्राउ


१८ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पुर्‍याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाको विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

फरार दुई जनाको खोजी भइरहेको बोगटीले बताए । गम्भीर घाइते सुनारको उपचारका लागि शहीद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७६, बुधबार  ६ : ३१ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत