लोनमा इन्टर मिलान पुगेका सान्चेजले भने– युनाइटेड गएकोमा कुनै पश्चाताप छैन « Khabarhub

लोनमा इन्टर मिलान पुगेका सान्चेजले भने– युनाइटेड गएकोमा कुनै पश्चाताप छैन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजले म्यान्चेस्टर युनाइटेड आएकोमा आफूलाई कुनै पश्चाताप नभएको बताएका छन् । तर सफलताका लागि पर्याप्त समय खेल्न नपाएको उनले बताएका छन् ।

३० वर्षीय चिलीका खेलाडी सान्चेज ओर्ड ट्राफोर भित्रिएको १९ महिनापछि इटलियन क्लब इन्टर मिलानका लागि लोनमा गएका छन् ।

सान्चेज म्यान्चेस्टर युनाइटेडका सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी थिए । उनले हप्ता ४ लाख पाउन्ड लिन्थे तर पनि उनले ४५ खेलबाट ५ गोल मात्र गर्न सके । उनी जनवरी २०१८ मा आर्सनलबाट म्यानयू गएका थिए ।

‘म जब आर्सनलमा थियो, त्यो निकै रामाइलो क्षण थियो, त्यहाँ म खुसी थिएँ । तर युनाइटेड नयाँ दिशा तर्फ अघि बढिरहेको थियो, उनीहरुले खेलाडी नयाँ किनिरहेका थिए, केही जित्नका लागि’ उनले भने,‘सबै जित्नका लागि म त्यहाँ जान चाँहे र मलाई कुनै पश्चाताप छैन ।’
साञ्चेजले आर्सनलमा रहदाँ १ सय ६६ खेलमा ८० गोल गरेका थिए ।

उनी सन् २०१४ मा बार्सिलोनामा ३० मिलियन पाउण्डमा आर्सनल आएका थिए । उनी सन् २०१७ मा प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर्सको बर्ष खेलाडीमा समेत मनोनयनमा परेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ०४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले