आर्यन र मिरुनाको ‘च चा हुई ‘ मंसिरमा | Khabarhub Khabarhub

आर्यन र मिरुनाको ‘च चा हुई ‘ मंसिरमा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल र मिरुना मगरको अभिनय रहेको चलचित्र ‘च च हुई’ मङ्सिर ६ गतेबाट दर्शकमाझ आउने भएको छ । चलचित्रमा पहिलो पटक आर्यन र मिरुना एकसाथ देखिदैछन् ।

साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र रोमान्टिक कमेडी जनराको हो । निर्माण टिमले चलचित्रका केही तस्विरहरु सार्वजनिक समेत गरेको छ । जहाँ आर्यन र मिरुनाको रोमान्टिक अवतार देखाइएको छ ।

केही दिन अघि ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गरेको निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई निरन्तरता दिएको छ ।

मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् ।

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने राजनकै संगीत रहेको छ । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ३७ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ