आर्यन र मिरुनाको ‘च चा हुई ‘ मंसिरमा « Khabarhub

आर्यन र मिरुनाको ‘च चा हुई ‘ मंसिरमा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल र मिरुना मगरको अभिनय रहेको चलचित्र ‘च च हुई’ मङ्सिर ६ गतेबाट दर्शकमाझ आउने भएको छ । चलचित्रमा पहिलो पटक आर्यन र मिरुना एकसाथ देखिदैछन् ।

साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र रोमान्टिक कमेडी जनराको हो । निर्माण टिमले चलचित्रका केही तस्विरहरु सार्वजनिक समेत गरेको छ । जहाँ आर्यन र मिरुनाको रोमान्टिक अवतार देखाइएको छ ।

केही दिन अघि ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गरेको निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई निरन्तरता दिएको छ ।

मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् ।

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने राजनकै संगीत रहेको छ । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ३७ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने