फेसबुकमा कति आयो लाइक भन्ने अब थाहा नहुने ! « Khabarhub

फेसबुकमा कति आयो लाइक भन्ने अब थाहा नहुने !


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबुकले लाइकको संख्या लुकाउने तयारी गरेको दाबी गरिएका समाचारहरु बाहिरिएका छन् ।

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकले लाइक लुकाउनका लागि कोडिङ गरिरहेको एक जना इन्जिनियरले पत्ता लगाएको बीबीसीले जनाएको छ ।

ति इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने समाचारहरु बाहिरिएका हुन् ।

सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन् । तर यस विषयमा प्रतिक्रिया दिन भने फेसबुकले अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने गरि परीक्षण गरिरहेको छ।केही अध्ययनहरूले विशेषत: युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : १६ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार