हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने « Khabarhub

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने भएकी छन् । उनले आज (बुधबार) दिउँसो सो विधेयक फिर्ता भएको औपचारिक घोषणा गर्ने बताइएको छ ।

हङकङमा गत जुन महिनायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन पछिल्लो समय अधिक लोकतन्त्र, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताका विषयमा केन्द्रित रहँदै आएको छ । प्रदर्शनकारीले लामो समयदेखि लामको राजीनामाको माग समेत गर्दै आएका छन् ।

लामले यसअघि पनि राजीनामा दिने मनस्थिती बनाएको, तर मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुको दबाबका कारण उनले राजीनामा दिन भने नसकेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

हङकङमा जारी प्रदर्शनलाई बेलायतबाट चीनलाई हस्तान्तरण गरियताकै सबैभन्दा व्यापक प्रदर्शनका रुपमा हेरिएको छ ।

हङकङमा जारी प्रदर्शन सन् २०१२ मा चिनियाँ राष्ट्रपति बनेयता सी जिनपिङका लागि सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा लिइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : २९ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय