निकको उमेर गलत लेख्दा ट्रोल भइन् प्रियंका « Khabarhub

निकको उमेर गलत लेख्दा ट्रोल भइन् प्रियंका


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड गायक निक जोनाससँग विवाह गरेको पनि १ वर्ष पुग्न लागिसकेको छ । तर, प्रियंकालाई भने आफ्ना पतिको वास्तविक उमेर नै थाहा नरहेछ ! जसका कारण प्रियंका अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् ।

१६ सेप्टेम्बर १९९२ मा जन्मिएका निक अहिले उमेर २६ वर्षका भए । तर, प्रियंकाले भने उनको उमेर नै गलत उल्लेख गरिदिएकी छन् ।

फोटो शेयरिङ साइट इन्स्टाग्राममा पतिको उमेर गलत लेखेको भन्दै अहिले प्रियंकाको मजाक उडाउन थालिएको छ ।

टकीला ब्राण्ड भिल्ला वानको लञ्चका लागि प्रियंकाले आफ्ना पति निकलाई बधाई दिएकी थिइन् । उसमा उनले लेखेकी थिइन्, ‘तपाईप्रति धेरै गर्व छ । मात्र २७ वर्षको उमेरमा तपाईं आफ्नो टकीला ब्राण्डको मालिक बन्नुभएको छ !’

प्रियंकाले इन्स्टाग्राममा फोटोसहित उक्त स्टाटस शेयर गरेपछि इन्स्टाग्राम प्रयोगकर्ताले उनलाई उडाउन शुरु गरिसेका छन् ।

धेरै, प्रयोगकर्ताले निक अहिले २६ वर्षका मात्रै भएको भन्दै प्रियंकाले किन २७ वर्ष लेखेको भन्दै प्रश्न गरेका छन् ।

 

View this post on Instagram

 

So proud. When you own your own tequila at 27! @villaone ❤

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको