निकको उमेर गलत लेख्दा ट्रोल भइन् प्रियंका « Khabarhub

निकको उमेर गलत लेख्दा ट्रोल भइन् प्रियंका


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड गायक निक जोनाससँग विवाह गरेको पनि १ वर्ष पुग्न लागिसकेको छ । तर, प्रियंकालाई भने आफ्ना पतिको वास्तविक उमेर नै थाहा नरहेछ ! जसका कारण प्रियंका अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् ।

१६ सेप्टेम्बर १९९२ मा जन्मिएका निक अहिले उमेर २६ वर्षका भए । तर, प्रियंकाले भने उनको उमेर नै गलत उल्लेख गरिदिएकी छन् ।

फोटो शेयरिङ साइट इन्स्टाग्राममा पतिको उमेर गलत लेखेको भन्दै अहिले प्रियंकाको मजाक उडाउन थालिएको छ ।

टकीला ब्राण्ड भिल्ला वानको लञ्चका लागि प्रियंकाले आफ्ना पति निकलाई बधाई दिएकी थिइन् । उसमा उनले लेखेकी थिइन्, ‘तपाईप्रति धेरै गर्व छ । मात्र २७ वर्षको उमेरमा तपाईं आफ्नो टकीला ब्राण्डको मालिक बन्नुभएको छ !’

प्रियंकाले इन्स्टाग्राममा फोटोसहित उक्त स्टाटस शेयर गरेपछि इन्स्टाग्राम प्रयोगकर्ताले उनलाई उडाउन शुरु गरिसेका छन् ।

धेरै, प्रयोगकर्ताले निक अहिले २६ वर्षका मात्रै भएको भन्दै प्रियंकाले किन २७ वर्ष लेखेको भन्दै प्रश्न गरेका छन् ।

 

View this post on Instagram

 

So proud. When you own your own tequila at 27! @villaone ❤

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ४३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते