‘प्रधानमन्त्री ‘बा’ लाई विश्राम गर्न दिनुहोस्’ « Khabarhub

‘प्रधानमन्त्री ‘बा’ लाई विश्राम गर्न दिनुहोस्’


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ । कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरे सरकारले सुविधा उपलव्ध गराउने छैन । कानूनको पालन गर्नुभएकोमा प्रधानमन्त्रीलाई आभार दिन चाहन्छु ।

प्रधानमन्त्रीको उपचारको बारेमा सरकारले संसदमा जानकारी गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्य बारेमा जान्न पाउनुपर्छ । निजी चिकित्सलाई उदृत गरेर केही समाचारमा आएका जानकारी अनुसार यो अनुमान लगाउन सकिन्छ कि उहाँको स्वास्थ्य सुधार उन्मुख छ । हामी चाहन्छौं सम्पूर्ण सुधार होस् ।

मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशिलता योगदान संसारको लागि नमूना बनोस् ।

तर केही चिकित्सकहरुले संकेत गर्नुभएको जस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार अर्थात् पटक पटक विदेशमा गएर केही दिन आराम गरेर उपचार गर्नुपर्ने भयो भने चाँही के गर्ने ?

देश भन्दा पहिला यो मानवियताको कुरा पनि हो । प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई हामी नविर्सउ

संविधानको धार ७५ अनुसार नेपालको कार्यकारणी अधिकार मन्त्रिपरिषद्मा निहीत छ र मन्त्रिपरिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । संसदीय पद्दतीमा कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिसन होइन । डेटु डे जिम्मेवारी उहाँले निर्वाह गर्नुपर्छ । पछिल्ला दिनमा प्रधामन्त्रीको कार्यबोझ बढाइएको छ । हाम्रो प्रधानमन्त्रीले यी सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुई मत छैन । तर इच्छा शक्ति मात्रै सबै कुरा होइन, शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।

प्रधानमन्त्री राष्ट्रिय सुरक्षा अखण्डता, सार्वभौम सत्ताको कस्टुडिन हुनुहुन्छ । कार्यकारी प्रमुख लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिमा जोखिमको प्रश्न त छदै छ, प्रत्येक दुई तीन महिनामा दश १२ दिन विदेश गएर टेलिप्रेजेन्स मार्फतबाट मन्त्रीहरुको विफ्रीङ लिएर देश चलाउने कुराले शासकिय जिम्मेवारी पूरा हुन सक्दैन ।

प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा विरामी हुनु भएको भए के भन्थ्यौं । बा धपेडी नगर्नुस्, बा आराम गुर्नस्, बा विश्राम लिनुस् । हामी हाम्रो बालाई त्यसो भन्छौं तर हामी प्रधानमन्त्री ‘बा’लाई यसो भन्न किन सक्दैनौं

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा भएको भए फेरि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वभाविक हुन्थ्यो । तर यहाँ यस्तो अवस्था छैन । यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसंग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्छ । एक सय एक प्रधानमन्त्री हुनुभएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री बन्न इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ । त यस्तो बेलामा हामी विश्राम दिन कि चाहिरहेका छैनौं ।

मैले धेरैपटक नेकपाका युवा संसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको छु ।

प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा विरामी हुनु भएको भए के भन्थ्यौं । बा धपेडी नगर्नुस्, बा आराम गुर्नस्, बा विश्राम लिनुस् । हामी हाम्रो बालाई त्यसो भन्छौं तर हामी प्रधानमन्त्री ‘बा’लाई यसो भन्न किन सक्दैनौं । यो म कसैलाई मात्र भनिरहेको छैन । यो गल्ती हिजो हामीले पनि गर्‍यौं । यो अन्याय हिजो हामीले पनि गर्‍यौं । सबैभन्दा नजिक बस्ने मानिसले यो अन्याय गर्‍यो । यो अन्याय तपाईहरु नगर्नुहोस् । यो गल्ती तपाईहरु नदोहोर्‍याउनुस् ।

प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस् । किनकी नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पुर्‍याउनु भएको, नेपालको शान्ति प्रकृयामा यत्रो ठूलो योगदान पुर्‍याउनु भएका यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको व्यक्ति हो उहाँ । यतिमात्र होइन स्वाभीमानको लडाँइमा एउटा अथक योद्धाको रुपमा काम गर्नु भएको प्रधानमन्त्रीलाई लामो समयसम्म हामी अभिभावको रुपमा देख्न चाहन्छौं । तर यो कुरा त्यतिखेर मात्र सम्भव छ, शरीर सबैको शरीर हो, मन पनि सबैको मन हो ।

प्रधानमन्त्रीको मनको ईच्छाशक्तिको म प्रशंसा गर्छु म फेरि पनि कामना गर्छु त्यहाँबाट(सिंगापुरबाट) फर्किएर आइसकेपछि सम्माननीय प्रधानमन्त्रीयले यो संसदको रोस्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौ कामना गर्छौ कि म लागतार कुनै विश्राम नलिइकन काम गर्न सक्ने अवस्थामा छु म आवश्यकता पर्दै गर्दा २४ घन्टा काम गर्न तयार छु भन्ने आसोस्, प्रार्थना गर्छ । तर यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्छु । यो कुरा सुन्दै गर्दा कतिलाई रिस पनि उठ्ला तर यो व्यक्तिगत कुरा होइन । देशको कुरा पनि हो । तर देश भन्दा पहिला यो मानवियताको कुरा पनि हो । प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई हामी नविर्सउ ।

(बुधबार प्रतिनिधिसभामा सांसद थापाले व्यक्त गरेको विचार)

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ३ : ३१ बजे

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय