किर्गिस्तान जाने महिला टोलीको घोषणा « Khabarhub

किर्गिस्तान जाने महिला टोलीको घोषणा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किर्गिस्तानले आयोजना गर्ने नादेझ्दा कप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बुधबार नादेझ्दा कप खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

उनले भदौ १५ गते ३२ सदस्सीय टोलीको घोषणा गरेका थिए भने त्यसअघि क्याम्पमा ४२ जना खेलाडीलाई बोलाएका थिए ।

नेपाली टोली काठमाडौंमा मंसिरमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको छ । नादेझ्दा कपलाई पनि महिला टोलीका लागि सागको अभ्यास खेलका रुपमा हेरिएको छ ।

नादेझ्दा कप भदौ २० गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ ।

नेपाली टिम

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शर्मिला थापा

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले