इराकमा सेनाले गरेको कारवाहीमा नौ लडाकु मारिए « Khabarhub

इराकमा सेनाले गरेको कारवाहीमा नौ लडाकु मारिए


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– इराकको निनेभा प्रान्तमा इराकी सुरक्षा फौजले गरेको गरेको कारवाहीमा आतंककारी संगठन इस्लामिक स्टेटका नौ लडाकु मारिएका छन् । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेनाको सहयोगमा इराकी फौजले गरेको कारवाहीमा अरु धेरै लडाकु घाइते भएको इराकी सेनाले जनाएको छ ।

कारबाहीको क्रममा मोसुल शहरबाट दक्षिण पश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ ध्वस्त पारिएको र अरु नौजना आइएस लडाकू मारिएका इराकी सेनाले जनाएको हो ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले इस्लामिक स्टेटलाई हराएपछि इराकको सुरक्षास्थितिमा तुलनात्मक रुपमा सुधार आएको छ ।

यद्यपि इस्लामिक स्टेटका लडाकुले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर इराकी फौजमाथि बेलाबेला छापामार आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ०३ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल