इराकमा सेनाले गरेको कारवाहीमा नौ लडाकु मारिए « Khabarhub

इराकमा सेनाले गरेको कारवाहीमा नौ लडाकु मारिए


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– इराकको निनेभा प्रान्तमा इराकी सुरक्षा फौजले गरेको गरेको कारवाहीमा आतंककारी संगठन इस्लामिक स्टेटका नौ लडाकु मारिएका छन् । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेनाको सहयोगमा इराकी फौजले गरेको कारवाहीमा अरु धेरै लडाकु घाइते भएको इराकी सेनाले जनाएको छ ।

कारबाहीको क्रममा मोसुल शहरबाट दक्षिण पश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ ध्वस्त पारिएको र अरु नौजना आइएस लडाकू मारिएका इराकी सेनाले जनाएको हो ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले इस्लामिक स्टेटलाई हराएपछि इराकको सुरक्षास्थितिमा तुलनात्मक रुपमा सुधार आएको छ ।

यद्यपि इस्लामिक स्टेटका लडाकुले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर इराकी फौजमाथि बेलाबेला छापामार आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ०३ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब