सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न मन्त्री बाँस्कोटाको आग्रह | Khabarhub Khabarhub

सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न मन्त्री बाँस्कोटाको आग्रह


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पु¥याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराए ।

उनले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताए । मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाएका थिए ।

मन्त्री बाँस्कोटाले कार्य क्षेत्रमै दुर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : ०५ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू