सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न मन्त्री बाँस्कोटाको आग्रह « Khabarhub

सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न मन्त्री बाँस्कोटाको आग्रह


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पु¥याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराए ।

उनले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताए । मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाएका थिए ।

मन्त्री बाँस्कोटाले कार्य क्षेत्रमै दुर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : ०५ बजे

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो