खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ दिन सक्नुपर्छ – डच प्रशिक्षक एबिङ « Khabarhub

खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ दिन सक्नुपर्छ – डच प्रशिक्षक एबिङ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झण्डै ३ महिनाको नेपाल बसाईपछि डच प्रशिक्षक हान एबिङ (बिहीबार) स्वदेश फर्किदैछन् ।

जुन १८ मा नेपाल आइपुगेका प्रशिक्षक एबिङका सामू पहिलो चुनौति थियो, नेपाली भलिबल टोलीलाई भदौ पहिलो साता सम्पन्न एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स प्रतियोगितामा पदक दिलाउनु ।

उनले त्यसको प्रतिवद्धता पूरा गर्न सक्दो राम्रो प्रयास गर्ने बताएका थिए । तर, माहौल उनको पक्षमा बन्न सकेन । नतिजा ठिक उल्टो भयो । नेपाली टोली एभिसीको ५ संस्करणको इतिहासमा घरमै भएको प्रतियोगिताको सेमिफाइनल नपुग्दै बाहिरियो ।

अन्त्यमा पाँचौ स्थानका लागि भएको अफगानिस्तानविरुद्धको खेलमा जित हात पार्दै टोलीले यो संस्करणका लागि एभीसीको यात्रा टुङ्ग्यायो । प्रशिक्षक एबिङले खेलाडीको खेलमा प्रश्न गरेनन् भने, ‘खेलमा केही सुधार आएको छ । तर, नतिजा हात पार्न सकिएन ।’

प्रतियोगितामा नेपाल भन्दा बलिया टोलीको सहभागिता रहने भएपछि नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल महासंघसँगको सहकार्यमा एबिङलाई प्रशिक्षकका रुपमा भित्र्याएको थियो ।

एबिङले नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा नेपाल आइसकेपछि संघले एभिसीको नतिजा सँग–सँगै नेपाली प्रशिक्षकको क्षमता अभिवृद्धिमा समेत सहज होस् भन्ने योजना बनाएको संघका महासचिव जितेन्द्र बहादुर चन्दको भनाइ छ ।

तर, यता प्रशिक्षक एबिङ आफ्नो सम्झौता सकिएपछि स्वदेश फर्किन लागेका बेला नेपाली खेलाडी र नेपालको भलिबल माहौलले आफूलाई तानेको बताउँछन् । उनले भलिबल संघले राखेको विदाई कार्यक्रममा बोल्दै नेपाली भलिबल खेलाडीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने अवसर पाए अझै राम्रो गर्न सक्ने बताएका छन् ।

‘नेपालसँग राम्रो खेलाडी छन् । यीनीहरु राम्रो खेल्न सक्छन् । तर, त्यसमा निखारता ल्याउन नेपाली टोलीले खेल्दै आइरहेको भन्दा आफूभन्दा बलियो टिमहरुसँग खेल खेल्ने वातावरण मिलाउनु पर्छ,’ प्रशिक्षक एबिङले भने,‘नेपालको गाउँगाउँमा भलिबलको माहौल छ । भलिवललाई नेपालीहरु उत्तिकै माया पनि गर्छन् । यसलाई अझै माथि उठाउन तल्लो तहदेखि नै सुधारको काम अगाडि बढाउनुपर्छ ।’

त्यसोत प्रशिक्षक एबिङ पोखरा समेत पुगे । उनले नेपाली प्रशिक्षकहरुसँग विभिन्न समयमा भेटघाट पनि गरे । त्यसमा उनले प्रशिक्षकहरुलाई आफ्नो अनुभव समेत साँटेको बताएका छन् ।

नेपाली भलिबलको विकास गर्ने हो भने तत्लो तहबाटै विकास गर्नु पर्छ भनेका प्रशिक्षक एबिङले नेपाली टोलीमा क्षमतावान खेलाडी रहेको बताए ।

स्पाइकर, सेटर सबै राम्रो छन् । तर, अझै मेहनत गर्न सके टोलीले राम्रो गर्न सक्ने उनको भनाइ थियो । मंसिरमा हुने १३ औं सागका लागि पनि नेपाल ल्याउने तयारी संघले गरेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग गरेको अवस्थामा मात्रै विदेशी प्रशिक्षक झिकाउने भलिबल संघका महासचिव चन्द बताउँछन् ।

एबिङलाई अन्तर्राष्ट्रिय भलिबल महासंघले मासिक ३ हजार डलरमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । बुधबार भलिबल संघले एबिङको विदाईको अवसरमा एक कार्यक्रम आयोजना गर्दै उनलाई मायाको चिनोसहित सम्मानका साथ विदाई गर्दा एबिङ निकै उत्साहित देखिएका थिए ।

उनले भने,‘म जतिबेला नेपाली विमानस्थलमा ओर्लिएको थिए । त्यो बेला पनि यस्तै समर्थन पाएको थिएँ भने आज म यहाँबाट जाँदै छु । यसमा पनि तपाईहरुले देखाएको सम्मान म कहिल्यै बिर्सिने छैन् ।’

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : २३ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित