खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ दिन सक्नुपर्छ – डच प्रशिक्षक एबिङ | Khabarhub Khabarhub

खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ दिन सक्नुपर्छ – डच प्रशिक्षक एबिङ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झण्डै ३ महिनाको नेपाल बसाईपछि डच प्रशिक्षक हान एबिङ (बिहीबार) स्वदेश फर्किदैछन् ।

जुन १८ मा नेपाल आइपुगेका प्रशिक्षक एबिङका सामू पहिलो चुनौति थियो, नेपाली भलिबल टोलीलाई भदौ पहिलो साता सम्पन्न एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स प्रतियोगितामा पदक दिलाउनु ।

उनले त्यसको प्रतिवद्धता पूरा गर्न सक्दो राम्रो प्रयास गर्ने बताएका थिए । तर, माहौल उनको पक्षमा बन्न सकेन । नतिजा ठिक उल्टो भयो । नेपाली टोली एभिसीको ५ संस्करणको इतिहासमा घरमै भएको प्रतियोगिताको सेमिफाइनल नपुग्दै बाहिरियो ।

अन्त्यमा पाँचौ स्थानका लागि भएको अफगानिस्तानविरुद्धको खेलमा जित हात पार्दै टोलीले यो संस्करणका लागि एभीसीको यात्रा टुङ्ग्यायो । प्रशिक्षक एबिङले खेलाडीको खेलमा प्रश्न गरेनन् भने, ‘खेलमा केही सुधार आएको छ । तर, नतिजा हात पार्न सकिएन ।’

प्रतियोगितामा नेपाल भन्दा बलिया टोलीको सहभागिता रहने भएपछि नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल महासंघसँगको सहकार्यमा एबिङलाई प्रशिक्षकका रुपमा भित्र्याएको थियो ।

एबिङले नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा नेपाल आइसकेपछि संघले एभिसीको नतिजा सँग–सँगै नेपाली प्रशिक्षकको क्षमता अभिवृद्धिमा समेत सहज होस् भन्ने योजना बनाएको संघका महासचिव जितेन्द्र बहादुर चन्दको भनाइ छ ।

तर, यता प्रशिक्षक एबिङ आफ्नो सम्झौता सकिएपछि स्वदेश फर्किन लागेका बेला नेपाली खेलाडी र नेपालको भलिबल माहौलले आफूलाई तानेको बताउँछन् । उनले भलिबल संघले राखेको विदाई कार्यक्रममा बोल्दै नेपाली भलिबल खेलाडीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने अवसर पाए अझै राम्रो गर्न सक्ने बताएका छन् ।

‘नेपालसँग राम्रो खेलाडी छन् । यीनीहरु राम्रो खेल्न सक्छन् । तर, त्यसमा निखारता ल्याउन नेपाली टोलीले खेल्दै आइरहेको भन्दा आफूभन्दा बलियो टिमहरुसँग खेल खेल्ने वातावरण मिलाउनु पर्छ,’ प्रशिक्षक एबिङले भने,‘नेपालको गाउँगाउँमा भलिबलको माहौल छ । भलिवललाई नेपालीहरु उत्तिकै माया पनि गर्छन् । यसलाई अझै माथि उठाउन तल्लो तहदेखि नै सुधारको काम अगाडि बढाउनुपर्छ ।’

त्यसोत प्रशिक्षक एबिङ पोखरा समेत पुगे । उनले नेपाली प्रशिक्षकहरुसँग विभिन्न समयमा भेटघाट पनि गरे । त्यसमा उनले प्रशिक्षकहरुलाई आफ्नो अनुभव समेत साँटेको बताएका छन् ।

नेपाली भलिबलको विकास गर्ने हो भने तत्लो तहबाटै विकास गर्नु पर्छ भनेका प्रशिक्षक एबिङले नेपाली टोलीमा क्षमतावान खेलाडी रहेको बताए ।

स्पाइकर, सेटर सबै राम्रो छन् । तर, अझै मेहनत गर्न सके टोलीले राम्रो गर्न सक्ने उनको भनाइ थियो । मंसिरमा हुने १३ औं सागका लागि पनि नेपाल ल्याउने तयारी संघले गरेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग गरेको अवस्थामा मात्रै विदेशी प्रशिक्षक झिकाउने भलिबल संघका महासचिव चन्द बताउँछन् ।

एबिङलाई अन्तर्राष्ट्रिय भलिबल महासंघले मासिक ३ हजार डलरमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । बुधबार भलिबल संघले एबिङको विदाईको अवसरमा एक कार्यक्रम आयोजना गर्दै उनलाई मायाको चिनोसहित सम्मानका साथ विदाई गर्दा एबिङ निकै उत्साहित देखिएका थिए ।

उनले भने,‘म जतिबेला नेपाली विमानस्थलमा ओर्लिएको थिए । त्यो बेला पनि यस्तै समर्थन पाएको थिएँ भने आज म यहाँबाट जाँदै छु । यसमा पनि तपाईहरुले देखाएको सम्मान म कहिल्यै बिर्सिने छैन् ।’

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : २३ बजे

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।