कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने नेपाली प्रशिक्षक कालिनको दृढता « Khabarhub

कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने नेपाली प्रशिक्षक कालिनको दृढता


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप २०२२ र चीनमा सन् २०२३ मा हुने एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेल नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्ध बिहीबार खेल्दैछ । कुवेतको घरेलु मैदानमा खेल्न लागेको नेपाली टोलीका लागि आफूभन्दा फिफा बरियतामा १० स्थानमाथि रहेको टोलीलाई रोक्नु पर्ने चुनौति रहेको छ ।

नेपाली समयअनुसार राति पौने ११ बजे दुई टिमले स्टेडियम अफ कुवेत स्पोर्ट्समा प्रतिस्पर्धा गर्नेछन् । खेल अगाडिको प्रि म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने बताएका छन् । ‘हामी राम्रो खेल्ने प्रयास गर्ने छौं । हामीसँग यो भन्दा राम्रो उपाय छैन । हामीले त्यही गर्यौं, जुन संरचना हामीसँग उपलब्ध छन्,’ प्रशिक्षक कालिनले भने,‘खेलाडीले राम्रो मेहनत गरेका छन् । हामीलाई थाहा छ कुवेत बलियो टिम हो । हामी राम्रो टक्कर दिने छौं ।’

यसअघि मार्चमा नेपाली टोलीले कुवेतसँग २ खेलको मैत्रिपूर्ण फुटबल खेलेको थियो । जसमा नेपाली टोलीले राम्रो खेलेको बताएका प्रशिक्षकले डिफेन्डरले आफ्नो भूमिका सही तरिकाले निभाएको तर स्ट्राइकरले गोल निकाल्न नसकेको बताए । उनले अहिले टोलीमा केही सुधार भएको बताएका छन् ।

यता राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाएका गोलकिपर किरण चेमजोङले पनि कुवेत बलियो विपक्षी रहेको उल्लेख गर्दै कुवेतसँग भिड्न तयार रहेको बताएका छन् ।

विपक्षी टोली कुवेतका प्रशिक्षक रोमियो जोजाकले नेपाल राम्रो टिम भएको बताउँदै कमजोर नआक्ने बताए । उनले आफ्नो टिमले पछिल्लो १३ महिनामा विभिन्न अभ्यास खेलहरु खेलेको र उक्त अभ्यासको नतिजा नेपालविरुद्ध देखिने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ३७ बजे

एमाले महाधिवेशनः यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी