बेचबिखन प्रभावित महिलाको भेला काठमाडौं « Khabarhub

बेचबिखन प्रभावित महिलाको भेला काठमाडौं


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला शुरु भएको छ । बुधबार ललितपुरमा जम्मा भएका सातै प्रदेशका एक सय जना भन्दा बढी बेचबिखन प्रभावित महिलाहरुले राष्ट्रिय संजाल पनि गठन गर्ने छन् ।

एक कार्यक्रममका बीच महिला वालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राष्ट्रिय सम्मेलनको उद्घाटन गरिन् । शक्ति समूह आयोजक र एट्वीन सन्जाल सहआयोजक भएर आयोजना गरिएको भेलामा विभिन्न समयमा बेचबिखनमा परेका महिलाहरु सहभागी भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै मन्त्रि थापाले मानव बेचबिखनको कलंकबाट मुक्त हुन सरकार सबैसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताइन् । संसदको राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ र महिला समिति सभापति निरु पालले पनि बेचबिखन प्रभावितहरुको पुनस्र्थापना तथा स्वदेश फिर्तीका लागि संसदबाट कानुन बनाउनु परेमा आफूहरुले पहल गर्ने बताए ।

यस्तै कार्यक्रममा बेचबिखन विरुद्धका अभियन्ता डा रेणु अधिकारी, भगवती नेपाल लगायतले बेचबिखन प्रभावित महिलाको स्वदेश फिर्ती र पुनस्र्थापनामा अझै कानुन बलियो नभएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ४४ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन