नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने « Khabarhub

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ ।

अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा एमयुले यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो ।

विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले स्नातक तहको कृषि विज्ञान (बिएस्सी–एजी) अन्तर्गत आठ वटा सेमेष्टर रहने गरी अर्गानिक कृषिसम्बन्धी पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिए ।

उनका अनुसार सन् २०२१ देखि विश्वविद्यालयले कृषि सङ्काय शुरु गर्नेछ । त्यसकै तयारीका लागि वीरेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस र पूर्वी सुर्खेतको रामघाट तथा पश्चिम सुर्खेतको चौकुनेमा कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयले सम्बन्धन दिइसकेको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा लीलाधर तिवारीले कर्णाली सरकारले ‘अर्गानिक प्रदेश’ घोषणा गरिसकेकाले विश्वविद्यालयले पनि यसलाई प्राथमिकतामा राखेको बताए । “प्रदेश सरकारले अर्गानिक कृषि उत्पादनलाई मुख्य जोड दिइ लगानी गरिरहेको छ, विश्वविद्यालयले पनि कृषि विज्ञानमा यो विषय समेट्नुपर्छ भन्ने सोच बनायो”, उनले भने, “कर्णालीका प्राकृतिक स्रोतसाधन ‘भर्जिन’ भएकाले विश्व बजारमा बिक्ने गरी शैक्षिक जनशक्ति उत्पादन गर्नुका साथै यहाँको कृषि विकासमा टेवा पुर्‍याउन अर्गानिक कृषि विषयको अवधारणा ल्याएका हौँ ।” निर्देशक डा तिवारीले प्रदेश सरकारसँग समन्वय गरेर कृषि सङ्काय सञ्चालन गरिने बताए ।

विश्वविद्यालयले पाठ्यक्रम निर्माणका सिलसिलामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष एवं कृषि विज्ञ प्रा डा पुण्यप्रसाद रेग्मी, अर्गानिक कृषि फार्म उद्यमी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक र कृषिसँग सम्बन्धित सरोकारवालासँग राय सुझाव सङ्कलन गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा रासायनिक विषादी नियन्त्रण गर्न सुर्खेतको हर्रे र सल्यानको कपुरकोट नाकामा विषादी प्रयोगशाला निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ भने प्रत्येक जिल्लामा एक/एक वटा ‘अर्गानिक भिलेज’ स्थापना गर्ने भएको छ ।

शिक्षाशास्त्र सङ्कायका सहायक डीन एवं अर्गानिक कृषि कार्यक्रमका फोकल पर्सन विष्णुकुमार खड्काले जर्मन प्रोफेसर पिटरसहितको पाठ्यक्रम निर्माण टोलीले यस अवधिमा कृषि उत्पादनको राम्रो सम्भावना बोकेका दैलेखका गुराँस गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र लेकबेंसी नगरपालिकामा पर्ने दशरथपुरको स्थलगत अवलोकन गरी किसानसँग छलफल गरेको जानकारी दिए ।

पिटर अर्गानिक कृषि विषयमा ३५ वर्षदेखि अनुभव सङ्गालेका जर्मन प्रोफेसर हुन् । उनी कार्यरत जर्मनीको क्यासल युनिर्भसिटी र सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच अर्गानिक कृषि कार्यक्रम सञ्चालनका सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ३२ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले