यात्रुसँग बढी भाडा असुल्ने ११ जना पक्राउ « Khabarhub

यात्रुसँग बढी भाडा असुल्ने ११ जना पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउपर्नेमा दिनेश राउत, धनिन्द्र राई, राजु केसी, रविन बस्नेत, साजन श्रेष्ठ, प्रकाश मगर, टेकेन्द्र राई, अन्जन तामाङ, डेकेन्द्र राई, पूर्णप्रसाद शिवाकोटी र वीरबहादुर चौलागाईं रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोटेश्वर र चाबहिलबाट बढी भाडा लिएर टिकट काट्ने विचौलियालाई समेत पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र प्रभाग कोटेश्वरलाई बुझाइएको महाशाखाले जनाएको छ ।

महाशाखाले यसअघि बढी भाडा असुल्ने नौ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : ५९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय