केकीको सुन्दरता (१३ तस्वीर) | Khabarhub Khabarhub

केकीको सुन्दरता (१३ तस्वीर)


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री केकी अधिकारी यतिबेला चर्चामा छिन् । उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा केकीको जोडी दीपकराज गिरीसँग हुनेछ ।

म्युजिक भिडियोमा समेत व्यस्त केकी सुन्दरताका कारण पनि चर्चामा रहने गर्छिन् । व्यापारिक हिसाबले चलचित्र असफल भए पनि उनको अभिनयको भने तारिफ हुने गर्छ । केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।

सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी केकी ‘छ माया छपक्कै’ पछि चलचित्र ‘झिंगे दाउ’ मा देखिनेछिन् । यो फिल्मको कथाले आफूलाई लोभ्याउने बताउँछिन् केकी ।

नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् ।

रिलिजको क्रममा रहेको चलचित्र ‘छ माया छपक्कै’ बाट आशावादी केकी भन्छिन् – ‘यो फिल्म मेरा लागि महत्त्वपूर्ण किन पनि छ भने यो फिल्ममार्फत धेरै दर्शकमाझ पुग्न सक्छु ।’

तस्वीरहरू: अदीप श्रेष्ठ

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : १२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला