दीपक–दीपाले व्यापारलाई मात्र ध्यान दिन्छन् भन्ने बुझाइ गलत हो: दीपेन्द्र लामा « Khabarhub

दीपक–दीपाले व्यापारलाई मात्र ध्यान दिन्छन् भन्ने बुझाइ गलत हो: दीपेन्द्र लामा


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र घामपानीगोपी निर्देशन गरेका निर्देशक तथा समीक्षक दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनका क्रममा छ । चलचित्रमा दीपक–दीपाको पनि भूमिका छ ।

‘घामपानी’ निर्देशन गरेर समीक्षात्मक रुपमा चर्चा पाएका दीपेन्द्र लामाले निर्देशन गरेका कारण धेरैलाई ‘छ माया छपक्कै’ मा कलालाई बढी महत्त्व दिइएको छ  भन्ने धेरैलाई लागेको छ । अर्कातिर दीपक–दीपाको टिम भएका कारण फेरि फिल्म ‘छक्का पञ्जा ३’ जस्तो हुने हो कि भन्ने पनि कतिपयलाई लागेको छ । यस अर्थले दर्शक आफै कन्फ्युज छन् ।

निर्देशक दीपेन्द्र लामाले भने यो फिल्म आर्ट र कमर्सियल फिल्मको ‘फ्युजन’ भएको बताउँछन् । पत्रकारसँगको कुराकानीमा दीपेन्द्रले भने, ‘मैले व्यापारलाई भन्दा आर्टलाई महत्त्व दिन्छु, उहाँहरुले आर्ट मात्र नभएर व्यापारका हिसाबले पनि हेर्नुहुन्छ, यो फिल्म दुवै शैलीको फ्युजन हो ।’

अरुले दीपक–दीपालाई दर्शक तथा समीक्षकले व्यावसायिक हिसाबले मात्र फिल्म बनाउँछन् भनेर आरोप लगाउने गरेको तर त्यो बुझाइ गलत भएको उनले बताए । दीपक–दीपाको टिमले पनि फिल्ममा ‘कला’ हुनुपर्छ भनेर उत्तिकै मेहनत गर्ने दिपेन्द्रको भनाइ थियो । यो फिल्ममा सबै टिमले उत्तिकै मेहनत गरेको निर्देशक लामाले दाबी गरे ।

‘छ माया छपक्कै कमर्सियल र आर्ट फिल्मको कम्बिनेसन हो, ट्रेलर हेर्दा पनि दर्शकले त्यसरी नै महसूस गर्नुभएको छ, फिल्मले दर्शकको मन जित्नेमा हामी ढुक्क छौँ,’ उनले भने ।

दीपकराज गिरीले लेखेको स्किृप्टमा संवाद भने दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीले मिलेर लेखेका हुन् ।

दीपाश्री निरौला निर्देशक सल्लाहकार रहेको यो फिल्ममा रोहित अधिकारीको मुख्य लगानी छ । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ५० बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज