यात्रामा पुरुषभन्दा महिला चालक सुरक्षित « Khabarhub

यात्रामा पुरुषभन्दा महिला चालक सुरक्षित


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना तथा ठूला सवारी साधान चलाउने काम महिलाले गर्न सक्दैनन् भन्ने धारण गलत सावित भइसकेको छ । अहिले हरेक ठाउँमा महिलाहरुले सवारी हाक्ने गरेको पाइन्छ ।

नेपालमै पनि साना देखि ठूला सवारी साधन चलाउने महिला चालकहरु छन् । पछिल्लो एक अध्ययनले पनि यात्राका दौरान पुरुष भन्दा महिला अझ सजक र सचेत हुने निष्कर्ष निकालेको छ ।

सवारी साधन चलाइरहेका बेला महिला पुरुष चालकको तुलनामा कम विचलित हुने र सवारी दुर्घटना हुने सम्भावना पनि कम हुने उक्त अध्ययनको दाबी छ ।

अनुसन्धानकर्ताका अनुसार युवक र बहिर्मुखी या नर्भस हुने कुनै पनि समस्याबाट ग्रस्त व्यक्तिहरुमा सवारी चलाउने क्रममा ध्यान भंग हुने सम्भावना बढी हुन्छ ।

नर्वेको इन्स्टिट्यट अफ इकोनोमिक्सका ओले जोन्सनले हाइस्कुलका छात्र र वयस्कको एक ठूलो समूहमा सर्वेक्षण गरेका थिए ।

सर्वेक्षणमा विभिन्न समय समेत सामेल गरिएको थियो । यी हरेक क्षणमा कति प्रकारका र कति पटक विचलित भएको पाइयो भन्ने समेत अध्ययन गरिएको थियो ।

‘फ्रन्टियर्स इन फिजियोलोजी’ जर्नलमा प्रकाशित अध्ययनमा जोन्सनले भनेका छन्, ‘मैले युवक सवारी चलाउँदाको समयमा विचलित हुने सम्भावना बढी पाएको छु ।’

उनले महिला सवारी चलाउँदाको समयमा विचलित हुने सम्भावना पुरुषको तुलनामा कम हुने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : ०४ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या