भुस्याहा कुकुरका कारण होलेरीमा आतंक « Khabarhub

भुस्याहा कुकुरका कारण होलेरीमा आतंक


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पाको होलेरीमा लामो समयदेखि भुस्याहा कुकुरहरूको आतंक रहेको छ ।

होलेरी बजारका विभिन्न ठाँउमा भुस्याहा कुकुरहरूले बजामा आउने मानिसहरुलाई टोक्ने मात्र होइन डिउटिमा रहेका प्रहरीलाई नै टोक्न थालेका छन् ।

केही समय अगाडि बजारमा घुम्न आएका गाउँले र डिउटिमा रहेका प्रहरीलाई भुस्याहा कुकुरले टोक्केको थियो । त्यसबेला स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा समस्या परेको थियो ।

भुस्याहा कुकुरहरुका कारण बजार आउने जो कोहिलाइ स्वतन्त्र रूपमा हिँडडुल गर्न सहज नभएको स्थानीयको गुनासो छ । स्थानीयको अनुसार रातको समयमाबजारमा हिँड्न र गाउँ घरमा कोही बिरामी भएमा बजारको अस्पताल लैजान अत्यन्त कठिनाइ हुने बताएका छन् ।

यति मात्र होइन बजारमा दिन प्रतिदिन भुस्याहा कुकुरहरूको संख्या बढन थालेपछि बजारको बीचमा रहेको शहिदमार्ग हुँदै दैनिक आवत जावत गर्ने सवारी साधनहरुमा समेत बाधा पुग्न थालेको छ ।

बजारमा भुस्याहा कुकुरहरूको आतंक नियन्त्रणका लागी प्रशासनसँग स्थानीयले आग्रह नगरेका होइनन् तर अहिलेसम्म त्यसको सम्बोधन हुन सकेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : १८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय