भुस्याहा कुकुरका कारण होलेरीमा आतंक « Khabarhub

भुस्याहा कुकुरका कारण होलेरीमा आतंक


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पाको होलेरीमा लामो समयदेखि भुस्याहा कुकुरहरूको आतंक रहेको छ ।

होलेरी बजारका विभिन्न ठाँउमा भुस्याहा कुकुरहरूले बजामा आउने मानिसहरुलाई टोक्ने मात्र होइन डिउटिमा रहेका प्रहरीलाई नै टोक्न थालेका छन् ।

केही समय अगाडि बजारमा घुम्न आएका गाउँले र डिउटिमा रहेका प्रहरीलाई भुस्याहा कुकुरले टोक्केको थियो । त्यसबेला स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा समस्या परेको थियो ।

भुस्याहा कुकुरहरुका कारण बजार आउने जो कोहिलाइ स्वतन्त्र रूपमा हिँडडुल गर्न सहज नभएको स्थानीयको गुनासो छ । स्थानीयको अनुसार रातको समयमाबजारमा हिँड्न र गाउँ घरमा कोही बिरामी भएमा बजारको अस्पताल लैजान अत्यन्त कठिनाइ हुने बताएका छन् ।

यति मात्र होइन बजारमा दिन प्रतिदिन भुस्याहा कुकुरहरूको संख्या बढन थालेपछि बजारको बीचमा रहेको शहिदमार्ग हुँदै दैनिक आवत जावत गर्ने सवारी साधनहरुमा समेत बाधा पुग्न थालेको छ ।

बजारमा भुस्याहा कुकुरहरूको आतंक नियन्त्रणका लागी प्रशासनसँग स्थानीयले आग्रह नगरेका होइनन् तर अहिलेसम्म त्यसको सम्बोधन हुन सकेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु