वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ « Khabarhub

वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने एक गिरोह पक्राउ परेको छ ।

दशैं असोज १६ र १७ गते वीरगन्जको विभिन्न ठाउँबाट मोबाइल चोरी गर्ने ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– ३ बस्ने २४ वर्षीय गौरीशंकर यादव, वीरगन्ज–१७ का २४ वर्षीय मनोज राम हरिजन, वीरगन्ज–१४ का २२ वर्षीय जमसेद अन्सारी, भारतको पूर्वी चम्पारण बस्ने २२ वर्षीय बिक्रम पटेल छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट १७ थान मोबाइल फेला परेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६ र भारतीय रुपैयाँ १७ हजार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : २० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार