दशैँमा इन्धनको अभाव हुँदैनः आयल निगम « Khabarhub

दशैँमा इन्धनको अभाव हुँदैनः आयल निगम


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ ।

पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ ।

फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले शुक्रबार उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।

थानकोट डिपोबाट शुक्रबार ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन् ।

“निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ”, उनले भने, “पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन ।”

दशैँलाई लक्षित गर्दै विगत तीन/चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ । निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ ।

उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरुपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : १५ बजे

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै