गढीमाई मेलाका लागि सक्दो सहयोग गर्छुः नेत्री देउवा | Khabarhub Khabarhub

गढीमाई मेलाका लागि सक्दो सहयोग गर्छुः नेत्री देउवा


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेस सरकारमा नरहे पनि आफ्नो स्तरबाट गढीमाई मेलालाई सक्दो सहयोग गर्ने बताएकी छिन् ।

पञ्च वर्षीय गढीमाईको मूल समितिको कार्यालयको उद्घाटन कार्यक्रममा सांसद राणाले मेलालाई व्यवस्थित गर्नका लागि सहमति, सहकार्य एवं एकताको खाँचो रहेको बताइन् ।

“सबैजना मिलेर मेलालाई व्यवस्थित गर्नुपर्छ”, उनले भनिन् । गढीमाईलाई विकास कोषको रुपमा अगाडि ल्याउनुपर्ने सांसद राणाको भनाइ थियो । नेपाल र भारतबाट मेला भर्न आउने भक्तजनको सुविधका लागि ध्यान उहाँले समितिका पदाधिकारीसँग आग्रह गरिन् ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानु, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्र नं २ का सभापति रामप्रवेश यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मेलामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : १९ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको