५ हजार १ सय ६१ लिटर अवैध घरेलु मदिरा नष्ट « Khabarhub

५ हजार १ सय ६१ लिटर अवैध घरेलु मदिरा नष्ट


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा शुक्रबार प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा र गाँजा नष्ट गरेको जानकारी दिए । उनका अनुसार तयारी अवस्थाको एक हजार ३५४ र कच्चा पदार्थका रुपमा रहेको तीन हजार ८०७ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, आमा समूहको सक्रियतामा जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाबाट बरामद गरिएको थियो ।

मदिरासहित बरामद गरिएका भाडाकुँडा प्रहरी कार्यालयमै राखिएको छ । जिल्ला प्रहरी प्रवक्ता रावलले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।

गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरेको थियो । त्यस्तै, प्रहरीले एक हजार १५५ गाँजाका बोटसमेत नष्ट गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ०० बजे

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।