उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन « Khabarhub

उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिरमा हुने उपनिर्वाचनमा परिणाम प्राप्त गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ द्वारा आज आयोजित विजयादशमीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि तीनवटै सरकार क्रियाशील रहेको बताए ।

नेकपा गण्डकी प्रदेश सहइञ्चार्जसमेत रहेका अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले जनप्रतिनिधि जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकसँगै पार्टीलाई समेत बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।

नेकपा–१७ का अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थ अधिकारी, पार्टी सचिव ईश्वरी लम्साल र सदस्य लालबहादुर रानालगायतले चार्डपर्वले संस्कृतिको संरक्षण गर्दै आपसी सदभाव कायम गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ४५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा